Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद


0
Shares

काठमाडौं । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा काठमाडौंको टुकुचाबाट ८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर १२ गते दिउँसो करिब ४ बजे काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचाको खसिबजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्न लागिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले घटनास्थलमा पुगेर जाँच गर्दा ८ जनाले बाख्रीको मासु भन्दै बिक्री गर्न लागेको अनुमानित ५ सय ६७ किलो मासु फेला पारेको थियो ।

उक्त मासु द्यब्म् ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीमा लोड गरिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई काठमाडौंको टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिङ्कोट घर भई काठमाडौंको टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–२ घर भई काठमाडौंको बागबजार बस्ने २६ वर्षीय सनम तामाङ, २२ वर्षीय राजु लामा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ घर भई काठमाडौंको पुतलीसडक बस्ने २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ घर भई काठमाडौंको मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महत रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।