Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


रुकुम पश्चिममा राष्ट्रिय बडीबिल्डिङ प्रतियोगिता, १०४ खेलाडी सहभागी


0
Shares

जीवन खड्का, रुकुम पश्चिम। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत बडीबिल्डिङ प्रतिस्पर्धा शुक्रबारदेखि रुकुम पश्चिमको चौरजहारीमा सुरु भएको छ ।

चौरजहारी नगरपालिका–२ स्थित कभर्ड हलमा सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न जिल्लाका ८ समूह र तीन विभागीय टोलीका गरी कुल १०४ महिला तथा पुरुष खेलाडी सहभागी भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरको आयोजना र कर्णाली प्रदेश खेलकुद परिषद्को सहआयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री मिलन खड्का ९रोका० ले गमलामा पानी हालेर गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा मन्त्री खड्काले कर्णालीमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनुलाई प्रदेशको खेलकुद क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । यस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्नुका साथै प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

उहाँले खेलकुदलाई देशको पहिचान र प्रतिष्ठासँग जोडिएको क्षेत्रका रूपमा उल्लेख गर्दै यसको विकासका लागि आवश्यक पूर्वाधार निर्माण र यातायात पहुँच विस्तारमा आफ्नो मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

चौरजहारीमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनुले रुकुम पश्चिमको खेलकुद गतिविधि बढाउनुका साथै स्थानीय क्षेत्रको पहिचान विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।