काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको वरीयताक्रम परिवर्तन गरेका छन् । नयाँ व्यवस्थाअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमको स्थान सातौँबाट बढेर तेस्रोमा पुगेको छ ।
यसअघि मन्त्रिपरिषद्मा तेस्रो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल अब एक स्थान तल झरेका छन् । गौतमलाई तेस्रो स्थानमा राखिएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको वरीयतासमेत एक–एक स्थान पछाडि सरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट उपसभापतिमा निर्वाचित गौतम पार्टीभित्र तेस्रो वरीयतामा छिन् । तर, सरकारमा भने उनी यसअघि सातौँ स्थानमा रहेकी थिइन् ।
पार्टीको नेतृत्व तहमा रहेको वरीयतासँग तालमेल मिलाउने गरी उनलाई मन्त्रिपरिषद्को वरीयतामा समेत माथि ल्याइएको हो ।






प्रतिक्रिया दिनुहोस्