Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


आनी छोइङको नियुक्तिविरुद्धको रिटमा सोमबार छलफल हुने


0
Shares

काठमाडौं । गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ।

न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषय टुंग्याउन दुवै पक्षको भनाइ सुन्नुपर्ने ठहर गरेको हो। अदालतले आगामी सोमबार (१४ मंसिर) छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।

सफलता बोगटीसहितले डोल्माको नियुक्ति कानुनविपरीत रहेको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। निवेदकहरूले नागरिकतासम्बन्धी विवादमा रहेकी र सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान भइरहेको व्यक्तिलाई सरकारले कोषको उपाध्यक्षको जिम्मेवारी दिएको भन्दै नियुक्ति बदरको माग गरेका छन्।

दुवै पक्षको तर्क सुनेपछि मात्रै अन्तरिम आदेशबारे निर्णय लिन उपयुक्त हुने निष्कर्षसहित अदालतले विपक्षीहरूलाई छलफलमा बोलाएको हो।