Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


एनपिएल होम एण्ड अवेमा गर्न मन्त्री पोखरेलको फ्रेन्चाइज टोलीसँग छलफल


0
Shares

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपिएल) लाई होम एण्ड अवेमा गर्नका लागि आवश्यक पक्षबारे फ्रेन्चाइज टोलीसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलबार भएको बैठकमा मन्त्री पाखरेलले आठ वटै फ्रेन्चाइज टोलीका मालिकसँग होम एण्ड अवेको अवधारणामा एनपिएल आयोजना गर्ने सम्भाव्यताबारे छलफल गरेका हुन् । मन्त्री पोखरेलले फ्रेन्चाइज टोलीका मा

लिकसँग पछिल्लो तीन संस्करणको अनुभव लिएका थिए । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले होम एण्ड अवेमा एनपिएल गर्न अहिले प्रारम्भिक चरणमा छलफल भएको बताए । होम एण्ड अवे आवश्यक भएपनि कुन क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने भन्ने महत्वपूर्ण रहेको क्यानका सचिव पारसको भनाइ छ । जहिल्यै पनि उत्साह र भावनालाई नियन्त्रण गर्नुपर्ने आफ्नो मान्यता रहँदै आएको नेपालका पूर्वकप्तानसमेत रहेका पारसले बताए ।

क्यानका सचिव पारस खड्काले भौगोलिक क्षेत्रअनुसार कहाँ कस्तो स्टेडियममा आवश्यक हुन्छ भन्ने महत्वपूर्ण रहेको धारणा राखेका छन् । स्टेडियम निर्माणका लागि स्थानीय निकायको समन्यवनमा फ्रेन्चाइज टोलीको भूमिका रहन्छ या रहँदैन भन्ने बारे पनि छलफल भएको पारसले बताए ।

बैठकमा सहभागी भएका क्यानका सचिव पारसले दुई तीन वर्षमै आठ वटै क्षेत्र स्टेडियममा बनाउन सम्भव नरहेको तर कम्तीमा २/३ वटा स्टेडियम निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन् । एनपिएल मात्र नभएर अन्य राष्ट्रिय प्रतियोगिता पनि प्राथमिकतामा रहनुपर्ने उनको भनाइ छ ।

केही समय पछि नै विश्वकप छनोटको प्लेअफ हुने र अर्को वर्ष बंगलादेश नेपाल आउने जस्ता कार्यक्रममा हुन लागेकाले स्टेडियममा क्षमता बढाउने आवश्यक रहेको क्यानका सचिव पारसले औंल्याए ।

यो पहिलो चरणको छलफल भएको पारसले उल्लेख गरे । सरकार र नीजि क्षेत्रको संयुक्त लगानीमा भए पनि स्टेडियम आवश्यक रहेको एनपिएल आयोजनाकै दौरान देखिएको उनको भनाइ छ । मूलपानी क्रिकेट बनाउन २०र३० वर्षदेखि काम भइरहेको र सकेसम्म चाढै सकाउनुपर्ने उनी बताउँछन् ।

गौतमबुद्ध रंगशालाको काम पनि टुङ्गो लगाउनुपर्ने उनले उल्लेख गरे । तथापि सरकारको सबै पैसा क्रिकेटमा नै खर्च गर्नुपर्छ भन्न पनि नहुने उनी बताउँछन् । नेपालको अन्तर्राष्ट्रिय क्रिकेट काठमाडौं बाहिर लैजान आवश्यक रहेको उनले बताए । केही वर्षमा नेपालको ३/४ वटा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम हुनुपर्ने क्यानका सचिव पारसले बताएका छन् ।

सिंहदरबारमा बसेको बैठकमा क्यान सचिव पारस खड्का र आठ वटै फ्रेन्चाइज टोलीका मालिक सहभागी थिए । सबैले आआफ्ना विचार पनि राखेका थिए ।