Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


सुन र चाँदी दुवैको भाउ बढ्यो, सुनमा ५ सयको वृद्धि


0
Shares

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा आज वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो लाग्दा चाँदी ३५ रुपैयाँले महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ४७ हजार ४०० रुपैयाँ थियो।

पछिल्लो दुई दिनको मूल्य तुलना गर्दा सुन प्रतितोला ५ हजार ३०० रुपैयाँले बढिसकेको छ। अघिल्लो दिन मात्रै सुनको मूल्यमा ४ हजार ८०० रुपैयाँको वृद्धि भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार १४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज थप ३५ रुपैयाँ महँगिएको हो।