Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


विमल केडिया र प्रीति अग्रवाल महाराजा अग्रसेन ग्लोबल आइकन अवार्डबाट सम्मानित


0
Shares

काठमाडौं । संविधानसभा सदस्य तथा समाजसेवी विमल केडिया र सगरमाथा आरोही प्रीति अग्रवाल सम्मानित भएका छन्।

अखिल भारतीय अग्रवाल संगठनले भारतको राजधानी नयाँदिल्लीमा आयोजना गरेको ‘महाराजा अग्रसेन ग्लोबल आइकन अवार्ड समारोह–२०२६’ मा उनीहरूलाई सम्मान गरिएको हो।

विश्वभर छरिएर रहेका अग्रवाल समुदायको प्रमुख संगठनले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई उक्त सम्मान प्रदान गर्दै आएको छ।

समारोहमा गीता मनीषी महामण्डलेश्वर श्री ज्ञानानन्द जी महाराज, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, हरियाणा सरकारका क्याबिनेट मन्त्री विपुल गोयल, संगठनका राष्ट्रिय चेयरमेन प्रदीप मित्तल, राष्ट्रिय अध्यक्ष कुलभूषण मित्तल र राष्ट्रिय महासचिव राजेश भारुसहित भारत, थाइल्याण्ड, दुबई, अमेरिका, बेलायत, जापान, हङकङ, सिंगापुर र इन्डोनेसियालगायत १० देशका अग्रवाल प्रतिभाहरूलाई पनि सम्मान गरिएको थियो।

Skip This