काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएको बिचौलिया प्रकरणपछि पदबाट बर्खास्त भएका सशस्त्र प्रहरी बलका तत्कालीन एआईजी वंशीराज दाहालले पुनरावेदन गरेका छन्।
दाहालले गृह मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएका हुन्। उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्लाई छ।
बर्खास्तीमा परेका कर्मचारीले सिधै अदालतमा मुद्दा दायर गर्न नमिल्ने व्यवस्था भएकाले दाहालले मन्त्रिपरिषद्मा पुनरावेदन दिएका हुन्।









प्रतिक्रिया दिनुहोस्