काठमाडौं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सार्वजनिक गरेको नयाँ दरअनुसार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।
मंगलबारको कारोबार मूल्यसँग तुलना गर्दा सुनको भाउ एकैदिन ६ हजार ३ सय रुपैयाँले घटेको हो। पछिल्लो गिरावटसँगै तिहारयता सुनको मूल्यमा प्रतितोला २३ हजार ४ सय रुपैयाँको कमी आएको छ। तिहारअघि सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ११० रुपैयाँले सस्तिएर ३ हजार ३८० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदीको कारोबार प्रतितोला ३ हजार ४९० रुपैयाँमा भएको थियो।
पछिल्लो मूल्यसूचीअनुसार सुनचाँदी दुवैको बजार भाउ घटेको छ।









प्रतिक्रिया दिनुहोस्