काठमाडौं । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन्। ५२ वर्षीय केसी मंगलबार बिहान प्रहरी अधिकृत निवासको कोठामा अचेत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत केसीलाई सहकर्मीले ओछ्यानमा अचेत अवस्थामा देखेपछि तत्काल जिल्ला अस्पताल तम्घास पुर्याएका थिए। तर, चिकित्सकले बिहान ११ः०५ बजे उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि मृतकका दाजुले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धान र शव परीक्षणको प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाएको जनाएको छ।
केसीको अन्त्येष्टि दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित दुन्द्राघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेकाले प्रहरीले थप अनुसन्धान गरिरहेको छ।









प्रतिक्रिया दिनुहोस्