Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


एनपीएलमा पोखराको कीर्तिमान, काठमान्डुविरुद्ध बनायो २२४ रन


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सर्वाधिक रन बनाउने नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएको छ ।

काठमान्डु गोर्खाजसँगको खेलमा पोखराले आक्रामक ब्याटिङ गर्दै २० ओभरमा ३ विकेटको क्षतिमा २२४ रन जोडेको छ । एनपीएलमा कुनै पनि टोलीले बनाएको यो अहिलेसम्मकै ठूलो योगफल हो ।

यसअघि दोस्रो संस्करणको खेलमा विराटनगर किंग्सले पोखराविरुद्ध ६ विकेट गुमाएर २२० रन बनाएको थियो । पोखराले आफ्नैविरुद्ध बनेको उक्त कीर्तिमानलाई पछि पार्दै नयाँ रेकर्ड बनाएको हो ।

पोखराको इनिङ्समा कुशल भुर्तेलले सर्वाधिक ९९ रन बनाए । उनी शतक बनाउन एक रनले चुके ।

Skip This