मुगु । मुगुको रारा जाने सडकमा पर्यटक बोकेको स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँनजिक आइतबार साँझ करिब ४ बजे बा १७ च १८६४ नम्बरको स्कोरपियो सडकबाट दुर्घटनामा परेको हो ।
रारा तालतर्फ जाँदै गरेको उक्त गाडी सडकको जिरो पोइन्टबाट करिब एक सय मिटर अगाडि दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
प्रहरीका अनुसार गाडीमा पाँच जना सवार थिए । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल मुगु पुर्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्