Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ


0
Shares

काठमाडौं । काठमाडौंमा चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चाबहिलस्थित प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले बा ८४ प ४८४८ नम्बरको एनएस २०० मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २१ वर्षीय तेजिन्द्र लामा र वडा नम्बर ३ का १९ वर्षीय लाक्पा शेर्पा छन् ।

उनीहरूसँगको सोधपुछका क्रममा मोटरसाइकल बिक्री गर्ने व्यक्ति समीर तामाङ रहेको खुलेपछि प्रहरीले उनलाई पनि सुन्दरीजलबाट पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट एउटा एनटर्क स्कुटर, विभिन्न नम्बर प्लेट, सवारी दर्ता किताब, टुल बक्स, टुलकिट र चार थान मोबाइल बरामद गरेको छ ।

तीनै जनालाई चोरीसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This