काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लिग चरणका दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
दिनको पहिलो खेलमा दिउँसो १२ः३० बजे चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । प्लेअफमा पुगिसकेको चितवन अंक तालिकाको चौथो स्थानमा छ भने कर्णाली सातौँ स्थानमा रहेको छ ।
आजै अपराह्न ४ः३० बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सको सामना गर्नेछ । काठमाडौं तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ भने पोखरा तालिकाको अन्तिम स्थानमा छ ।
आजका दुवै खेलको नतिजाले लिग चरणको अंक तालिका र टोलीहरूको अन्तिम वरीयता निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।









प्रतिक्रिया दिनुहोस्