काठमाडौं । काठमाण्डू गोर्खाजलाई सात रनले स्तब्ध पार्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा काठमाण्डू निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११८ रनमै सीमित भयो।
यस नतिजासँगै सुदूरपश्चिमले लिग चरणका सात खेलबाट १० अंक बटुलेको छ। पाँच खेलमा सफलता हात पारेको टोलीले दुई खेलमा पराजय बेहोरेको थियो।
सुदूरपश्चिम यस संस्करणको प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ।









प्रतिक्रिया दिनुहोस्