Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


लुम्बिनीविरुद्ध कर्णालीको कमजोर ब्याटिङ, १०५ रनमै समेटियो


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध १०६ रनको लक्ष्य पाएको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १०५ रन मात्र जोड्यो।

कर्णालीको ब्याटिङ धराशायी बनाउन लुम्बिनीका अभिषेक गौतम, किशोर महतो, डार्सी सर्ट र कप्तान रोहितकुमार पौडेलले दुई(दुई विकेट लिए। रुबेन ट्रम्पेलमन र शेर मल्लको नाममा एक(एक विकेट रह्यो।

कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए। हुसेन तलतले २४, गुल्सन झाले १३ र पवन सर्राफले १२ रनको योगदान दिए। बाँकी ब्याटरले भने दोहोरो अंकको स्कोर छुन सकेनन्।

Skip This