काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा सुरु हुने खेलमा सुदूरपश्चिमले टस आफ्नो पक्षमा पारेको छ। कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्। उनले जनकपुरका कप्तान हरमीत सिंहलाई फिल्डिङको जिम्मेवारी दिएका छन्।









प्रतिक्रिया दिनुहोस्