Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


ओखलढुंगामा देउवा कांग्रेसको नयाँ नेतृत्व चयन


0
Shares

शुभकला राई, ओखलढुंगा । देउवा पक्षीय नेपाली कांग्रेसको ओखलढुंगा जिल्ला अधिवेशनले डेकराज भट्टराईलाई जिल्ला सभापतिको जिम्मेवारी दिएको छ। जिल्ला सदरमुकाममा सम्पन्न अधिवेशनबाट भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।

अधिवेशनले जिल्ला नेतृत्वसँगै पार्टीको आगामी १५औँ केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू पनि टुंगो लगाएको छ।

निर्वाचित प्रतिनिधिहरूमा गोमा केसी, केदार दाहाल, खिला बहादुर कार्की, बालगोविन्द राजभण्डारी, विद्याचन्द्र दाहाल, मणि दाहाल (प्राप्चा), हरि दाहाल, निलकमल भट्टराई, चित्र कार्की, नविन खड्का, समिता परियार, हेम विक, शिवराज मगर, मनोज राई, नारायण दाहाल, भीम गौतम, वैकुण्ठ भट्टराई, निलहरि दाहाल, वैकुण्ठ पौडेल, चुडामणि दाहाल, विश्व श्रेष्ठ, च्यामी शेर्पा, विष्णुकुमार तामाङ, सञ्जय कार्की, सिर्जना कोइराला ९खड्का०, सुरेश श्रेष्ठ, विराज भण्डारी, देवी भट्टराई, हिरा बानिया, तारा धमला, इन्दिरा दाहाल, सुजाता कटुवाल, कूल धमला र यशोदा दाहाल रहेका छन्।

त्यसैगरी, पार्टी विधानअनुसार प्रदेश ‘क’ का सभापति विश्वराज राई र प्रदेश ‘ख’ का सभापति देवेन्द्र पौडेल पदेन महाधिवेशन प्रतिनिधि बन्नुभएको छ।

पालिका सभापतिहरूमध्ये सिद्धिचरण नगरपालिकाका पवन श्रेष्ठ, मोलुङका केपी दाहाल, चिसङ्खुगढीका डिकबहादुर कार्की, मानेभञ्ज्याङकी इन्दिरा दाहाल, खिजिदेम्बाका पेमा निमा शेर्पा, सुनकोशीका चुडामणि धमला, चम्पादेवीका दीपक कार्की र लिखुका मिन सुवेदी पनि पदेन प्रतिनिधि चयन हुनुभएको छ।

Skip This