सुरेन्द्र भण्डारी, झापा । झापाको गौरादहमा धान काट्ने मेसिन जडित ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
गौरादह नगरपालिका–१ बेलडाँगीस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा गएराति करिब ८ः३० बजे दुर्घटना भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा मोटरसाइकल चालक गौरादह नगरपालिका–७ ग्वालडुब्बाका २६ वर्षीय सञ्जय साहको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गौरादह–५ निवासी २६ वर्षीय रोशन ताजपुरिया घाइते भएका छन्।
दुवैलाई उपचारका लागि दमक अस्पताल पुर्याइएकोमा साहको राति ९ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते ताजपुरियालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको छ।









प्रतिक्रिया दिनुहोस्