Logo २१ कार्तिक २०८३, शनिबार | Sat, Nov 7, 2026


एनपीएलमा आज लुम्बिनी र काठमाडौं गोर्खाज भिड्दै


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक मात्रै खेल सञ्चालन हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेलमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्।

अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी आज पनि आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछ। ७ अंक जोडेको लुम्बिनीले प्रतियोगितामा खेलेका चार खेलमध्ये तीनमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ।

यता काठमाडौं गोर्खाज ४ अंकसहित तालिकाको चौथो स्थानमा छ। तीन खेल खेलेको काठमाडौंले दुईमा जित हासिल गर्दा एक खेलमा हार बेहोरेको छ।

Skip This