Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


एनपीएलमा पोखरामाथि चितवनको ३० रनको जित


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार भएको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याउने क्रममा पोखराको ब्याटिङ १९ ओभरमै समेटिएको हो । पोखराले सबै विकेट गुमाएर १२१ रन मात्रै जोड्न सक्यो ।

यस जितसँगै चितवन अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ । चार खेलबाट पाँच अंक जोडेको चितवनले दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ । वर्षाका कारण टोलीको एक खेल भने नतिजाविहीन बनेको थियो ।

Skip This