सागर महत, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुबनपाटामा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु २ ख ३७२ नम्बरको बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो । पश्चिम नवलपरासीको सुनवलबाट यात्रु लिएर सुपादेउराली दर्शन गर्न आएको रिजर्भ बस फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक लक्ष्मीप्रसाद पन्थीका अनुसार बसले मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित भई भित्तामा ठोकिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ । अन्य घाइतेको ठाडा प्राथमिक उपचार केन्द्रलगायतका स्थानमा उपचार भइरहेको छ । मोटरसाइकलको पछाडि सवार एक जना पुरुष पनि घाइते भएको प्रहरी निरीक्षक पन्थीले जानकारी दिएका छन् ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।









प्रतिक्रिया दिनुहोस्