Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


धनतेरससँगै तिहारको रौनक, आज यमदीपदान गरिँदै


91
Shares

काठमाडौं ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको चहलपहल सुरु भएको छ ।

आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरस । यस दिन सुनचाँदी, भाँडाकुँडा तथा विभिन्न सामग्री खरिद गर्नु शुभ मानिन्छ । धनतेरसका दिन खरिद गरिएका सामग्री लक्ष्मीपूजामा प्रयोग गर्दा धनधान्य र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

यसैगरी, तिहारको सुरुवातसँगै आज साँझ यमदीपदान गरिँदैछ । मृत्युका देवता यमराजको स्मरणमा घरको मूल ढोकाबाहिर दक्षिण दिशातर्फ फर्काएर तेलको दीप प्रज्वलन गर्ने परम्परा छ ।

यमदीपदान गर्दा अकाल मृत्युबाट जोगिने तथा परिवारमा सुख, शान्ति र दीर्घायु प्राप्त हुने धार्मिक मान्यता रहिआएको छ । यमदीपदानसँगै तिहारको पाँचदिने पर्व औपचारिक रूपमा सुरु भएको मानिन्छ ।

तिहारमा काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्धन पूजा र भाइटीका मनाइन्छ । उज्यालो, आपसी सद्भाव र समृद्धिको सन्देश बोकेको तिहारले नेपाली समाजमा उत्साह र उमङ्ग थपेको छ । भोलि कागतिहार मनाएपछि तिहार औपचारिकरुपले सुरु हुन्छ ।

Skip This