Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


लोकन्थलीमा ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु


0
Shares

काठमाडौँ । भक्तपुरको लोकन्थलीमा ट्रकले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको ग प्र ०४–००१ प ००४५ नम्बरको ट्रकले आँखा अस्पतालबाट मनोहरातर्फ जाँदै गरेको बा प्र ०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी तिमिल्सिनाको उपचारका क्रममा मृत्यु भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृतकको साथमा रहेको त्रिभुवन विश्वविद्यालयको परिचयपत्रका आधारमा उहाँको पहिचान खुलेको हो ।

ट्रक चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीवृत्त थिमीले नियन्त्रणमा लिएको छ ।

Skip This