Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


आजको मौसम: पहाडी क्षेत्रमा बादल, एक–दुई स्थानमा वर्षा


78
Shares

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा आंशिक बदली रहेको छ । पहाडी तथा तराई क्षेत्रका साथै उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

महाशाखाले दिएको पूर्वानुमानअनुसार आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै क्षेत्रमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि बादल लाग्नेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

यसैगरी, कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।

आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

Skip This