Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


लुम्बिनीविरुद्ध पोखराले दियो ९८ रनको लक्ष्य


52
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबारको खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्ससामु ९८ रनको लक्ष्य राखेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन मात्रै बनाउन सक्यो।

पोखराको ब्याटिङमा चमिका करुणारत्नेले सर्वाधिक २५ रनको योगदान दिए। कप्तान कुशल भुर्तेलले १४ रन बनाउँदा माहेदी हसन र किरण ठगुन्नाले क्रमशः १३ र १२ रन जोडे।

बलिङतर्फ पोखराका रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए। तिलक भण्डारीले दुई विकेट हात पार्दा शेर मल्ल, अभिशेष गौतम र कप्तान रोहित पौडेलले एक–एक विकेट लिए।

अब लुम्बिनी लायन्सले जितका लागि २० ओभरमा ९८ रन बनाउनुपर्नेछ।

Skip This