Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे


130
Shares

काठमाडौं । तिहारको मुख्य दिन भाइटीका यस वर्ष कात्तिक २५ गते बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको समयलाई शुभ साइतका रूपमा तोकेको छ।

समितिले सार्वजनिक गरेको धार्मिक विधिसम्बन्धी निर्देशनमा टीका लगाउँदा दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व दिशातर्फ फर्किनुपर्ने उल्लेख गरिएको छ।

यस वर्ष तिहारका कार्यक्रम कात्तिक २० गतेदेखि सुरु हुनेछन्। पहिलो दिन धनत्रयोदशी र यमदीपदान गरिनेछ। कात्तिक २१ गते काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ भने २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ।

त्यसैगरी कात्तिक २३ गते गाईपूजा र २४ गते गोवर्द्धन पूजा, गोरूपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। म्हपूजाकै दिन नेपाल संवत् ११४७ को सुरुवातसमेत हुनेछ।

तिहारको अन्तिम दिन कात्तिक २५ गते यमद्वितीया अर्थात् भाइटीका र नेवार समुदायको किजापूजा मनाइने समितिले जनाएको छ।

Skip This