Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


६ अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम साढे ५ अर्ब नाघ्यो


0
Shares

काठमाडौं । अघिल्लो दिन उच्च अंकले घटेको शेयर बजारमा आज सामान्य सुधार देखिएको छ । दिनभर उतारचढावमा रहेको नेप्से परिसूचक अन्तिम समयमा ६ अंकले बढेर २ हजार ६ सय ६४ विन्दुमा पुगेको हो ।

कारोबार अवधिमा नेप्सेमा २२ अंकसम्मको उतारचढाव देखिएको थियो । वित्त, लगानी, उत्पादनमूलक र अन्य समूहबाहेक बाँकी सबै समूहमा सुधार आएको छ । होटल तथा पर्यटन समूह १ प्रतिशतभन्दा बढीले बढ्दा अन्य समूहमा भने सामान्य वृद्धि देखियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३ सय ४९ कम्पनीका १ करोड ५४ लाख कित्ता शेयर ५ अर्ब ६५ करोड रुपैयाँ बराबरमा कारोबार भएका छन् । कारोबार भएका कम्पनीमध्ये १ सय ४३ वटाको शेयर मूल्य बढ्दा १ सय २२ वटाको घटेको छ ।

आज कुनै पनि कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि वा गिरावट देखिएन । सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंकको भएको छ । बैंकको २३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

Skip This