Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


वर्षाका कारण सुदूरपश्चिम र विराटनगरबीचको खेल पाँच ओभरमा सीमित


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल पाँच–पाँच ओभरमा खेलाइने भएको छ।

शनिबार बिहानदेखि परेको निरन्तर वर्षाका कारण मैदान भिजेपछि निर्धारित खेलमा १५ ओभर कटौती गरिएको हो। अब दुवै टोलीले पाँच–पाँच ओभर खेल्नेछन्।

पूर्वनिर्धारित तालिकाअनुसार साँझ ५ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण ढिलाइ भएको थियो। संशोधित तालिकाअनुसार खेल साँझ ७ बजेर ४१ मिनेटमा सुरु हुनेछ।

यसअघि शनिबार बिहानका लागि तय गरिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल पनि वर्षाकै कारण रद्द भएको थियो।

Skip This