Logo ८ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026


दसैँको अन्तिम दिन आज, महालक्ष्मीको पूजाआराधना गरिँदै


0
Shares

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत १५ दिनसम्म मनाइने दुर्गा पक्ष आज कोजाग्रत पूर्णिमा मनाएसँगै औपचारिक रूपमा समापन हुँदैछ।

कोजाग्रत पूर्णिमाका अवसरमा आज धनधान्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार, आजको रात जाग्राम बसेका भक्तजनको घरमा महालक्ष्मी प्रवेश गरी धन, धान्य र ऐश्वर्य प्रदान गर्छिन्।

शास्त्रीय विधिअनुसार आज अखिल बलिपूर्ति गरिन्छ। यससँगै विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पनि समाप्त हुन्छ। दसैँमा प्रयोग गरिएको जमरालाई आज नजिकैका पवित्र नदी, तलाउ वा तीर्थस्थलमा लगेर विसर्जन गर्ने चलन छ।

कौमुदी पूर्णिमाका नामले समेत चिनिने आजको दिन महालक्ष्मीका साथै स्वर्गका राजा इन्द्रको पनि पूजा गरिन्छ।

यसैबीच, भोलि कात्तिक ९ गते सोमबारदेखि एक महिना लामो कात्तिक स्नान, तुलसीको विशेष पूजा–आराधना तथा आकाशदीपदान सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

Skip This