काठमाडौं ।
मेष: दिउँसोसम्म संकट आइपर्न सक्छ । त्यसपछि भने आर्थिक लाभ, कार्य सफल हुने देखिन्छ ।
वृष: शुरुमा लाभ एवं मिष्ठान्न भोजन प्राप्ति होला । मध्याह्नबाट भने अनावश्यक खर्च हुन सक्छ ।
मिथुन: समय अनुकूल भएकाले कार्य सिद्धि, परिवार–सुख, धन प्राप्ति, स्वस्थता हुने देखिन्छ ।
कर्कट: दिन शुभ छ । राज्य सञ्चालकहरुबाट लाभ, सुख–शान्ति, कार्य सफल हुने देखिन्छ ।
सिंह: शुरुमा अस्वस्थता हुन सक्छ । दिउँसोदेखि भने सुख, राज्यबाट लाभ, कार्य सफल होला ।
कन्या: शुरुको समयमा धन लाभ, यश वृद्धि हुन सक्छ । मध्याह्नदेखि भने बाधा–व्यवधान होला ।
तुला: तपाईंका लागि दिन शुभ छ । धन लाभ, प्रतिस्पर्धामा विजय, सुख–सन्तोष मिल्ने देखिन्छ ।
वृश्चिक: सानै प्रयासमा पनि काममा सफलता, आर्थिक लाभ, शत्रु विजय, पारिवारिक सुख होला ।
धनु: पूवार्धमा पेटको समस्या आउन सक्छ । तर पनि दिनभरि सुख–सन्तोष, कार्य सिद्धि होला ।
मकर: बिहानको कार्यले प्रगति, लाभ, होला । दिउँसोदेखि भने दिनचर्या अस्तव्यस्त, तनाव हुन सक्छ ।
कुम्भ: समय अनुकूल भएकाले धन लाभ, मानसिक सन्तुष्टि, मान–सम्मान, पराक्रम हुन सक्छ ।
मीन: तपाईंका लागि समय बलवान् छ । मीठो भोजन, कार्य सफल, उपहार प्राप्ति हुन सक्छ ।










प्रतिक्रिया दिनुहोस्