काठमाडाैं ।
ओमानमा हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि पहिलो चरणको बन्द प्रशिक्षणमा कोशी प्रदेशबाट पाँच जना खेलाडी चयन भएका छन्।
प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशका सचिव टीकाराम पुरीका अनुसार आउँदो महिना नोभेम्बरमा हुने भनिएको पुरुष १९ वर्षमुनिको एसिया कपका लागि २८ मध्ये पाँच जना यसप्रदेशबाट चयन भएका हुन्।
उनका अनुसार बन्द प्रशिक्षणका लागि झापाबाट तीन, मोरङ र इलामबाट समान एकजना चयन भएका हुन्। झापाका भुपाल दंगालबाहेक सुगम बजगाईं, सौजन घिमिरे, मोरङका क्रितिक कामत र इलामका शिवान्स बजगाईं १६ वर्षमुनिको अन्तर्राष्ट्रिय प्रतियोतिगामा सहभागी भइसकेका छन्।
बजगाँइ र घिमिरे पनि झापाका हुन्। सचिव पुरीका अनुसार बन्द प्रशिक्षणका लागि शनिबार नामावली सार्वजनिक गरेको क्यानले खेलाडीहरुलाई आइतबारसम्म पोखरास्थित जिल्ला क्रिकेट संघ कास्कीमा सम्पर्क गर्न अनुरोध गरेको छ।










प्रतिक्रिया दिनुहोस्