Logo ७ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026


आजदेखि नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान


0
Shares

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ।

सरकारको कार्यशैलीलाई लिएर विरोध जनाउँदै आएको नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। त्यहीअनुसार नेकपाले आजदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सञ्चालन गर्न लागेको हो।

पार्टीले अभियानको उद्घाटन तथा पत्रकार सम्मेलन आज आयोजना गर्दै छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो २ः३० बजे हुनेछ। कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने छन्।

Skip This