एजेन्सी ।
तिब्बतको दुर्गम क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण ठूलो मानवीय क्षति भएको छ। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) को तथ्यांकअनुसार भारतीय समयअनुसार बिहीबार राति ८:०३ बजे तिब्बतलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो।
मुख्य भूकम्पपछि तिब्बतका विभिन्न भागमा पटक-पटक पराकम्प महसुस गरिएका छन्। एनसीएसका अनुसार बिहीबार राति ८:४२, ९:०९ र ९:१५ बजे ५ म्याग्निच्युडका भूकम्प पुन: रेकर्ड गरिएका थिए। त्यस्तै, राति ११:३६ बजे ४.८, ११:५५ बजे ४.४ र शुक्रबार मध्यराति १२:०१ बजे ४.३ म्याग्निच्युडका धक्काहरू मापन गरिएका छन्।
एनसीएसका अनुसार अक्टोबर २२ को रातिदेखि अक्टोबर २३ को मध्यराति १२:५१ बजेसम्मको अवधिमा तिब्बत, चीन र म्यानमार क्षेत्रमा गरी कुल १८ वटा भूकम्पीय घटना रेकर्ड भएका छन्। जसमध्ये तिब्बतमा १३ वटा, चीन (अन्य क्षेत्र) मा ४ वटा
र म्यानमारमा १ वटा घटना रेकर्ड गरिएका छन् ।
भूकम्पका कारण पुगेको थप क्षति र उद्धार कार्यबारे थप विवरण आउन बाँकी छ।










प्रतिक्रिया दिनुहोस्