Logo ३ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026


झापामा हात्तीको आक्रमणबाट ७० वर्षीया महिलाको मृत्यु, एक घाइते


0
Shares

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आजको प्रातःकालीन पदयात्रामा उहाँलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए ।

गम्भीर घाइते उनलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै बाटामा मृत्यु भएको हो । शव परीक्षणका लागि उक्त अस्पतालमा राखिएको छ ।

खातुनसँगै पदयात्रामा रहेका सोही स्थानका ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन् । उनको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार जारी छ ।

Skip This