सागर महत, अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ धारापानीमा ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धारापानी निवासी हरिप्रसाद बन्जाडेका छोरा अमस बन्जाडे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी जीवन लामिछानेले जानकारी दिनुभयो ।
आफ्नै घरअगाडि खेल्ने क्रममा घरनजिकै राखिएको ट्याक्टरको हलोमा परेर बालकको मुखमा चोट लागेको थियो। घाइते बालकलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याइएको थियो।
अस्पतालमा जाँच गर्दा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान तथा पोस्टमार्टम प्रक्रिया पूरा गरेपछि आफन्तले शव बुझेर लगेको प्रहरीको भनाइ छ।










प्रतिक्रिया दिनुहोस्