Logo २ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026


एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमका स्पेशल एडिसन क्यान सार्वजनिक


169
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सात टोलीका लोगो अंकित स्पेशल एडिसन क्यान सार्वजनिक गरेको छ।

क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ माध्यम उपलब्ध गराउने उद्देश्यले कम्पनीले विशेष क्यान बजारमा ल्याएको हो।

एक्स्ट्रीमले एनपीएल सिजन ३ का काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ। त्यस्तै, पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा कम्पनीको लोगो रहने गरी प्रायोजन सम्झौता गरेको छ।

विशेष क्यानमा एनपीएलसँग आबद्ध सातवटै टोलीका लोगो समावेश गरिएको कम्पनीले जनाएको छ। यसले समर्थकलाई आफ्नो मनपर्ने टोलीको पहिचानसँग जोडिन र टोलीप्रतिको समर्थन फरक शैलीमा व्यक्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाली क्रिकेटको लोकप्रियता र एनपीएलप्रतिको आकर्षणलाई थप विस्तार गर्ने उद्देश्यसहित ल्याइएको यस पहलले क्रिकेटको उत्साहलाई मैदानबाट बजारसम्म पुर्‍याउने कम्पनीको विश्वास छ। खेल हेर्दा, साथीभाइसँग क्रिकेटको चर्चा गर्दा वा आफ्नो टोलीलाई समर्थन जनाउँदा विशेष क्यान समर्थकका लागि पहिचानको माध्यम बन्न सक्ने कम्पनीको भनाइ छ।

क्रिकेटमा समर्थकको उत्साह, टोलीप्रतिको लगाव र खेलाडीलाई दिइने हौसला महत्वपूर्ण हुने भएकाले विशेष क्यानमार्फत यी भावनालाई अझ नजिकबाट जोड्ने प्रयास गरिएको कम्पनीले जनाएको छ।

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका स्पेशल एडिसन क्यान उपभोक्ताले नजिकैका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सक्नेछन्।

Skip This