काठमाडौं । काठमाडौंमा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट वीरगञ्जबाट काठमाडौं आइरहेको कार जाँच गर्ने क्रममा ठूलो परिमाणमा ट्रामाडोल क्याप्सुल बरामद गरिएको हो ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२ कोयरियाका २७ वर्षीय सुदिप पटेल र पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन् ।
प्रहरीले बरामद औषधि र पक्राउ परेका दुवै युवकबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्