Logo २ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026


झापाबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस दुर्घटना : तीन जना घाइते


338
Shares

काठमाडाैँ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस गए राति करिब २ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा परी इलाम नगरपालिका–६ बस्ने ३७ वर्षीय चालक लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ बस्ने २६ वर्षीया रिता आपागाई र उनका ९ वर्षीय छोरा रितिक घाइते भएका छन्।

अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्याङका अनुसार दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगी घाइतेहरूको उद्धार गरेको थियो।

घाइतेलाई उद्धार गरेर उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ।

Skip This