Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


ओखलढंगामा सुमो र मोटरसाइकल ठाेक्किँदा एक जना घाइते


39
Shares

शुभकला राई,ओखलढुंगा ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-५ सिद्धिचरण लोकमार्गस्थित किविडाँडामा सुमो र मोटरसाइकल एकआपसमा ठाेकिदा एक जना घाइते भएका छन् ।

काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना १ ज ६६६४ नम्बरको सुमो र विपरित दिशाबाट आउँदै गरेको प्र.०१-०७००१ प ९९३ नम्बरको मोटरसाइकल ठाेक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मानेभञ्ज्याङ-४ का ६० वर्षीय रेवलसिं तामाङ घाइते भएको छन् । दुर्घटनामा परी मोटरसाइकल चालकको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइतेको अहिले मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ । दुर्घटनाबाट दुवै सवारी साधनको अगाडिको भागमा क्षति पुगेको छ ।

सुमो चालक सिद्धिचरण नगरपालिका-१ का ३२ वर्षीय प्रकाश श्रेष्ठ र दुवै सवारी साधनलाई प्रहरी चौकी मानेभञ्ज्याङले नियन्त्रणमा लिएर थप अनुसन्धान बढाएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएकाे छ ।