Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


म्याक्स टाइगरको ‘दशैं धमाका’ जारी, पाँच जनाले जिते स्कुटर र मोटरसाइकल


0
Shares

काठमाडौं । दशैं सकिए पनि म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत आकर्षक पुरस्कार जित्ने क्रम जारी छ। अभियानमा हालसम्म पाँच जना भाग्यशाली उपभोक्ता यामाहा स्कुटर तथा मोटरसाइकलको विजेता बनेका छन्। बम्पर पुरस्कारअन्तर्गतको प्रोटोन कार भने अझै कसैले जित्न बाँकी छ।

अभियानअन्तर्गत पछिल्लो पटक बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन्। म्याक्स टाइगर इनर्जी ड्रिंक खरिद गर्ने क्रममा सहभागी भएका उनीहरू आकर्षक पुरस्कारका विजेता बनेका हुन्।

ठोकरका लागि यो जित विशेष बनेको छ। जीवनमै पहिलोपटक यति ठूलो पुरस्कार जितेको अनुभव सुनाउँदै उनले सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिंकबाट स्कुटर जित्न पाउँदा खुसी लागेको बताएका छन्।

यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए। त्यस्तै, सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका थिए।

पछिल्ला दुई विजेता थपिएसँगै अभियानबाट मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर जित्नेको संख्या दुई पुगेको छ।

अझै बाँकी छन् ३१ स्कुटर तथा मोटरसाइकल र प्रोटोन कार

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत कुल १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन्। साथै, एक जना भाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्नेछन्।

हालसम्म पाँच जनाले स्कुटर तथा मोटरसाइकल जितिसकेका छन्। अब ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कार पुरस्कारका रूपमा बाँकी छन्। यससँगै आगामी विजेता को बन्ला भन्ने चासो बढेको छ। बनेपा, धादिङ, सुर्खेत, बुटवल र धनगढीका उपभोक्ताले पुरस्कार जितिसकेको यस अभियानले विभिन्न क्षेत्रका उपभोक्तालाई समेटेको कम्पनीले जनाएको छ। एकपछि अर्को विजेता सार्वजनिक भइरहँदा अभियानले उपभोक्तामाझ उत्साह थपेको कम्पनीको भनाइ छ।

दशैंको उत्सवलाई ऊर्जा र आकर्षक पुरस्कारसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा सहभागी उपभोक्ताले स्कुटर, मोटरसाइकलसँगै बम्पर पुरस्कार प्रोटोन कार जित्ने अवसर पाउनेछन्। पाँच जना विजेता घोषणा भइसकेकाले अब बाँकी पुरस्कार कसले जित्ला भन्ने प्रतीक्षा थप रोमाञ्चक बनेको छ।