Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


राजनीतिक गतिविधिमा संलग्न भएको आरोपमा दुई अस्थायी कर्मचारीविरुद्ध उजुरी


182
Shares

शुभकला राई, ओखलढुंगा । राजनीतिक दलका गतिविधिमा संलग्न भएको आरोपमा ओखलढुंगामा दुई अस्थायी कर्मचारीविरुद्ध छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ ।

जिल्ला प्रशासन कार्यालयमा इमेलमार्फत दर्ता गराइएको उजुरीमा सुनकोशी गाउँपालिकाका प्राविधिक सहायक (भेटेरीनरी) चौथो तहका अस्थायी कर्मचारी अशोककिरण लुइटेल र नापी कार्यालयमा कार्यरत अस्थायी कर्मचारी धीरेन्द्र खड्काको भूमिकाबारे छानबिन गर्न माग गरिएको छ ।

उजुरीमा लुइटेल नेपाली कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएको विषय उल्लेख गरिएको छ । त्यस्तै, खड्का राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी भई मन्तव्य दिएको भिडियो प्रमाण रहेको दाबी गरिएको छ ।

सार्वजनिक पदमा कार्यरत कर्मचारीले प्रचलित कानुन तथा आचारसंहिताको पालना गरे–नगरेको निष्पक्ष रूपमा जाँच गरी आवश्यक प्रक्रिया अघि बढाउन निवेदनमा माग गरिएको छ ।