Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


बूढीगण्डकीको बाढीले टाइम्स इनर्जीमा ठूलो क्षति, १८ कर्मचारी सुरक्षित


663
Shares

काठमाडौं । गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बूढीगण्डकी नदीको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीका कारण कम्पनीका ९ वटा ब्लक र ६ वटा सार्वजनिक भवन बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार स्थानीयले बाढी आउन लागेको सूचना दिएपछि आयोजनामा कार्यरत १८ जना कर्मचारी सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएका छन्।

कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको छ। यसैबीच, सेनाको टोलीले जगत क्षेत्रबाट ६ जनालाई हवाई उद्धार गरिसकेको जनाएको छ।

घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली उद्धार तथा राहत कार्यमा परिचालित भएका छन्।