Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


असोज २४ गते शनिबार,यस्तो छ तपाईंको राशिफल


0
Shares

काठमाडौं ।

मेष : आजको समय अनुकूल रहनेछ। आर्थिक लाभ हुनुका साथै खेलकुद तथा परीक्षामा सफलता मिल्ने र थालेका काम पूरा हुने सम्भावना छ।

वृष: आज समय अनुकूल नहुन सक्छ। काममा बाधा, आर्थिक खर्च तथा पेटसम्बन्धी समस्या देखिन सक्छ। सावधानी अपनाउनुहोला।

मिथुन: दिन त्यति अनुकूल देखिँदैन। मानसिक तनाव, अपच तथा अनावश्यक दौडधुपले असहजता बढाउन सक्छ।

कर्कट: आजको दिन शुभ रहनेछ। आर्थिक लाभ मिल्नुका साथै मान–सम्मान र प्रतिष्ठामा वृद्धि हुने सम्भावना छ।

सिंह: चञ्चलता र अनावश्यक खर्च बढ्न सक्छ। धनहानि तथा स्वास्थ्यसम्बन्धी समस्याबाट बच्न सतर्क रहनुहोला।

कन्या: समय अनुकूल रहनेछ। सम्पत्ति प्राप्ति, पुरस्कार तथा सम्मान मिल्ने योग छ। मीठो भोजनको अवसरसमेत जुर्न सक्छ।

तुला: आज विभिन्न पक्षमा सावधानी अपनाउनु आवश्यक छ। स्वास्थ्य समस्या, विवाद तथा चोटपटकको जोखिम रहन सक्ने भएकाले सचेत रहनुहोला।

वृश्चिक: दिन फलदायी रहने संकेत छ। आर्थिक लाभ हुनुका साथै खाद्यान्न तथा उपहार प्राप्त हुने सम्भावना छ।

धनु: आजको समय अनुकूल रहनेछ। थालेका काम सफल हुन सक्छन् भने अध्ययन तथा लेखनमा प्रगति र मनमा सन्तोष मिल्नेछ।

मकर: आज अनावश्यक यात्रा तथा राजनीतिक विषयबाट समस्या आउन सक्छ। मान–सम्मानमा आँच पुग्ने अवस्था सिर्जना हुन सक्ने भएकाले सतर्क रहनुहोला।

कुम्भ: समय प्रतिकूल रहन सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ता, खर्चमा वृद्धि तथा कार्यक्षेत्रमा अवरोध आउन सक्ने देखिन्छ।

मीन: आज शुभ फल प्राप्त हुने सम्भावना छ। परीक्षा तथा प्रतिस्पर्धामा सफलता मिल्नुका साथै आर्थिक लाभसमेत हुन सक्छ।