काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले काँग्रेसलाई नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट सशक्त बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उहाँले नयाँ पुस्ताको जोश–जाँगर र पुरानो पुस्ताको अनुभवलाई संयोजन गरी पार्टीलाई थप सशक्त, गतिशील र आगामी चुनौती सामना गर्न सक्ने बनाउनुपर्ने बताउनुभएको हो ।
उहाँले पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो । काँग्रेसको अधिवेशनमा उपसभापति पदका उम्मेदवार दिनुभएका पाण्डेले पार्टीभित्र सबै पक्षलाई समेटेर काँग्रेसलाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले हामीले पार्टीलाई नयाँ पुस्ताको जोश–जाँगर र पुराना साथीहरूको अनुभवलाई संयोजन गरेर नेपाली कांग्रेसलाई फेरि सशक्त, गतिशील र आगामी दिनको चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्नुपर्ने अवस्था छ ।’
उहाँले आफूले लामो समयदेखि पार्टी तथा भ्रातृ संगठनमा काम गर्दै आएको उल्लेख गर्दै आफ्नो उम्मेदवारीलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्