Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


पदाधिकारीमा एउटै पदमा धेरै जना प्रतिस्पर्धी हुँदा कयौँ नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छु : गगन थापा


0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पदाधिकारीमा एउटै पदमा धेरै जनाले उम्मेदवारी दिँदा महत्वपूर्ण नेताहरू पराजित भएर केन्द्रीय कमिटीभन्दा बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ ।

मंगलवार सभापति पदमा मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो आग्रह गर्नुभएको हो । उहाँले पार्टीमा लामो समय योगदान दिएका नेताहरुलाई समेत विभिन्न कमिटीमा समेटेर लैजाने बताउँदै नेतृत्व व्यवस्थापनमा समस्या आउन नदिन उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभयो ।

उहाँले स्थानीय तहमा मेयर, उपमेयर वा प्रदेश सांसद बन्न चाहने नेताहरूलाई केन्द्रीय सदस्यमा प्रतिस्पर्धा नगर्न समेत उहाँले सुझाव दिनुभयो । थापाले निर्वाचनमा पराजित भए राजनीतिक सम्भावनामा समेत असर पर्न सक्ने भन्दै उम्मेदवारीका विषयमा गम्भीर भएर निर्णय लिन केन्द्रीय सदस्यका सबै प्रत्यासिलाई आग्रह गर्नुभयो । सभापति थापाले पार्टीको संरचनामा जिल्ला र पालिकालाई समेत अधिकार सम्पन्न बनाइएको उल्लेख गर्दै आगामी दिनमा प्रदेश तथा जिल्लामा बसेर पनि पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताउनुभयो ।

उहाँले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको प्रष्टिकरण दिनुभयो । उहाँले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले आगामी दिनमा पार्टी सञ्चालन गर्दा प्रतिस्पर्धा विशेष महाधिवेशनअघिको जस्तो असमान हुन नहुने अवस्थाका लागि पार्टीले यस्तो निर्णय लिएको उहाँको भनाइ छ ।

उहाँले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको प्रष्टिकरण दिनुभयो । उहाँले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले आगामी दिनमा पार्टी सञ्चालन गर्दा प्रतिस्पर्धा विशेष महाधिवेशनअघिको जस्तो असमान हुन नहुने अवस्थाका लागि पार्टीले यस्तो निर्णय लिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मलाई एकदमै चिन्ता लागिरहेको छ । पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्नुभएका धेरैभन्दा धेरै साथिहरुले पदाधिकारीमा मनोयन गरिरहनुभएको छ । यसले गर्दा धेरै साथिहरु बाहिर रहनुहुन्छ कि भन्ने चिन्ता लागिरहेको छ । त्यसकारण मैले धेरै जनालाई अनुरोध पनि गरिरहेको छु । सबैलाई मिलाएर लिएर जाने नेतृत्वको जिम्मेवारी हो । हामी सबैलाई मिलाएर लिएर जान चाहान्छु । त्यसकारण सबै जना पदाधिकारी बन्ने कोसिस नगरौँ । मैले साथिहरुको अधिकार खोस्न सक्दिनँ तर अनुरोध गरिरहेको छु ।

पार्टी एकजनाले चलाएर चल्दैन सबैको योगदान चाहिन्छ भनेर मैले अनुरोध गरिरहेको छु । अर्को कुरा, भोलिको दिनमा कसैलाई स्थानीय तहमा मेयर, उपमेयर, प्रदेश सांसद हुने मन छ भने कृपया केन्द्रीय सदस्यको लागि प्रतिस्पर्धा नगरिदिनुहोला । त्यसले तपाईको देशभित्रको कुनै पनि सम्भावना रहँदैन । यदि निर्वाचन हुनुभयो र भोलिको दिनमा आफूलाई प्रमाणित गर्न सक्नुभएन भने त्यसले पनि अफ्ठ्यारो हुन्छ ।

हामीले जिल्ला र पालिकालाई पनि अधिकार सम्पन्न बनाएका छौँ, भोलिको दिनमा प्रदेश र जिल्लामा बसेर पनि काम गर्नुपर्ने अवस्था भएको कारण भोलिसम्मको समय छ, सबै साथिहरुलाई आफ्नो मनोनयनको बारेमा विचार गरिदिनुहोला । हिजो विशेष महाधिवेशनमा सहभागि नहुनुभएका साथिहरुको लागि पनि ग्राउण्ड बराबर छ भन्ने अनुभूति दिलाउनको लागि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरेको हो ।

विशेष महाधिवेशनमा भाग नलिएका साथिहरुले भोलिको दिनमा तपाईंहरुले कार्यालय चलाउनुभयो, प्रतिस्पर्धा विशेषभन्दा अघिको जस्तो हुनसक्दैन भन्ने अवस्था नरहोस् भन्नको लागि पनि मैले यो पोजिसन लिएको हो । यही समस्याको कारण मैले क्रियाशील अद्यावधिकको कुरा जोडेको हो । पार्टीमा विवाद नरहोस् भन्ने नै मुख्य कुरा हो ।’

उहाँले महाधिवेशनपछि समेत पार्टीलाई एकताबद्ध बनाउने प्रयास जारी रहने बताउनुभयो ।