काठमाडौं ।
मेष: आज धन लाभ हुनुका साथै मान–प्रतिष्ठा बढ्ने र काममा सफलता मिल्ने योग छ। तर साँझपख विवादमा पर्न सक्ने भएकाले बोली र व्यवहारमा संयम अपनाउनुहोला।
वृष: आज मानसिक तनाव, अनावश्यक खर्च र मनमा चञ्चलता बढ्न सक्छ। यद्यपि, साँझपख भने मन प्रसन्न रहने र परिस्थितिमा सुधार आउने देखिन्छ।
मिथुन: व्यापार व्यवसायमा सफलता मिल्नुका साथै उपहार प्राप्ति र धन लाभको सम्भावना छ। तर साँझपख कुनै निर्णय गर्दा विशेष सावधानी अपनाउनुहोला।
कर्कट: आज धन र समयको नोक्सानी हुन सक्ने तथा काममा अवरोध आउने सम्भावना छ। साँझपख भने सुख र सन्तोष प्राप्त हुने देखिन्छ।
सिंह: आज मिठो भोजन, आर्थिक लाभ र पारिवारिक सुख प्राप्त हुन सक्छ। तर बेलुकातिर तनाव बढ्न सक्ने भएकाले धैर्य राख्नुहोला।
कन्या: आजको दिन शुभ र फलदायी रहनेछ। स्वास्थ्यमा सुधार, शरीरमा स्फूर्ति, इष्टमित्रसँग भेटघाट र आर्थिक लाभको योग छ।
तुला: आज मान–प्रतिष्ठामा आँच आउनुका साथै सरकारी पक्षबाट समस्या र काममा असफलता मिल्न सक्छ। यद्यपि, साँझपखको समय भने सुखद रहनेछ।
वृश्चिक: आज समय त्यति अनुकूल देखिँदैन। सोचेका काममा बाधा आउनुका साथै खर्च बढ्न र पढाइ तथा खेलकुदमा अवरोध सिर्जना हुन सक्छ।
धनु: आज कुनै समस्या छ भने त्यसको समाधान निस्कन सक्छ। मान–सम्मान बढ्नुका साथै लाभ हुने सम्भावना छ। तर साँझपख भने केही कठिनाइ आउन सक्छ।
मकर: आजको दिन शुभ रहनेछ। परीक्षा तथा खेलकुदमा सफलता मिल्नुका साथै मान–प्रतिष्ठा बढ्ने र धन लाभ हुने योग छ।
कुम्भ: दिनको सुरुवातमा मानसिक चिन्ता, पेटसम्बन्धी समस्या र अन्य कठिनाइ आउन सक्छन्। तर साँझपख भने परिस्थितिमा सुधार भई समस्या समाधान हुने देखिन्छ।
मीन: आजको दिन त्यति अनुकूल देखिँदैन। पारिवारिक विवाद, स्वास्थ्यमा समस्या र दैनिक कामकाजमा अव्यवस्था आउन सक्ने भएकाले सतर्क रहनुहोला।










प्रतिक्रिया दिनुहोस्