काठमाडौं ।
मेष: दिन शुभ रहनेछ। थोरै मेहनतमै धन प्राप्ति हुनुका साथै मान–सम्मान बढ्ने र कार्य सफल हुने योग छ।
वृष: दिन अनुकूल नदेखिएकाले खर्च बढ्न सक्छ। मानसिक तनाव, अनावश्यक खर्च तथा व्यापारमा बाधा आउन सक्नेछ।
मिथुन: दिन बलवान् रहनेछ। उपहार प्राप्ति, व्यापार तथा ठेक्कापट्टामा सफलता र आर्थिक लाभ हुने सम्भावना छ।
कर्कट: दिन शुभ नरहेकाले सजग रहनुहोला। चोटपटकको जोखिम तथा पढाइमा समस्या आउन सक्नेछ।
सिंह: दिन शुभ र फलदायक रहनेछ। सुख–शान्ति प्राप्त हुनुका साथै धन लाभ र उत्तम भोजनको योग छ।
कन्या: थोरै मेहनतमै कार्य सिद्धि हुनेछ। विभिन्न वस्तु वा सेवा प्राप्त हुनुका साथै स्वास्थ्य राम्रो रहनेछ।
तुला: समयको प्रभावले राज्य पक्षबाट तनाव आउन सक्छ। पढाइ वा काममा बाधा उत्पन्न हुन सक्ने भएकाले सजग रहनुहोला।
वृश्चिक: सजग रहनु उचित हुनेछ। काममा व्यवधान आउनुका साथै धन र समयको नोक्सानी हुन सक्छ।
धनु: समय शुभ रहनेछ। समस्या समाधान हुने, यश–कीर्ति बढ्ने तथा वाहन सुख र धन लाभको योग छ।
मकर: पढाइ, प्रतियोगिता तथा मुद्दामामिलामा सफलता मिल्नेछ। लाभ प्राप्तिको सम्भावना पनि देखिन्छ।
कुम्भ: समय त्यति अनुकूल देखिँदैन। कार्यमा अवरोध, स्वास्थ्य समस्या, विवाद तथा चिन्ता बढ्न सक्छ।
मीन: आफन्तबीच विवाद हुन सक्छ। दिनचर्या अस्तव्यस्त हुनुका साथै झुटो आरोप लाग्न सक्ने भएकाले सजग रहनुहोला।










प्रतिक्रिया दिनुहोस्