Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


एसियाली खेलकुदमा आज नेपालले चार खेलमा प्रतिस्पर्धा गर्दै


0
Shares

काठमाडौं । जापानमा जारी एसियाली खेलकुदको १२औँ दिन आज नेपालका खेलाडीले चार खेलमा प्रतिस्पर्धा गर्दैछन्।

आज हुने खेलमा गल्फतर्फ सुवास तामाङ, राहुल विश्वकर्मा र तारा कार्कीले दोस्रो राउन्ड खेल्नेछन्। पहिलो राउन्डमा सुवास १८औँ, राहुल ४३औँ र तारा ४३औँ स्थानमा छन्। पुरुष टिम इभेन्टमा नेपाल १४औँ स्थानमा रहेको छ।

जुडोमा पुनम श्रेष्ठले महिला ७० केजी तौल समूहको अन्तिम १६ मा भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन्।

त्यस्तै, तेक्वान्दोको व्यक्तिगत पुम्सेतर्फ युवराज राना र स्वस्तिका तामाङ सेमिफाइनलमा उत्रिँदैछन्।

कुस्तीको महिला ६२ केजी तौल समूहमा सुशीला चन्दले अन्तिम १६ को प्रतिस्पर्धा गर्नेछिन्।