एजेन्सी । पश्चिमी अस्ट्रेलियामा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
पश्चिमी अस्ट्रेलिया प्रहरीले बुधबार बिहान करिब १२ बजेर ५० मिनेटमा जेराल्डटन सहरनजिकै गोली चलेको सूचना पाएपछि आपत्कालीन टोली घटनास्थल पुगेको जनाएको छ। जेराल्डटन पर्थ सहरबाट करिब ३७० किलोमिटर उत्तरमा पर्छ।
घटनास्थलमा प्रहरीले ३२ वर्षीय एक पुरुषलाई गोली लागेको अवस्थामा फेला पारेको थियो। उनलाई गम्भीर तर ज्यानलाई खतरा नरहेको चोटसहित उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले स्थानीय बासिन्दाको सुरक्षाका लागि सूचना जारी गर्दै आसपासको क्षेत्रमा खोजी अभियान सुरु गरेको थियो।प्रहरीका अनुसार विशेष सुरक्षा टोलीसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। बुधबार बिहान करिब १०ः३० बजे जेराल्डटनको पूर्वी क्षेत्रमा पाँच जनालाई पक्राउ गरिएको हो।
प्रहरीले स्थानीय बासिन्दालाई सतर्क रहन र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।









प्रतिक्रिया दिनुहोस्